एमालेका पूर्वसांसद नरेन्द्र बस्नेतको कोरोनाका कारण मृत्यु
काठमाडौँ, १०, सोमबार । नेकपा एमालेका पूर्वसांसद नरेन्द्र बस्नेतको कोरोना भाइरस संक्रमणका कारण सोमबार बिहान मृत्यु भएको छ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सोामबार बिहान ४ बजे उनको निधन भएको हो । मोरङको खोर्सानेमा बस्दै आएका ७० वर्षीय बस्नेतलाई दुई दिनअघि अस्पताल लगिएको थियो । कोरोनालाई जित्छु भन्दै घरमै बसिरहेका उनलाई निमोनिया बढेपछि अस्पताल लगिएको खोर्सानेका स्थानीय व्यवसायी गोपाल याक्खाले रातोपाटीलाई जानकारी दिए ।पछिल्लो समय बस्नेत नेकपा एमाले परित्याग गरेर ऋषि कट्टेल समूहको नेकपाको केन्द्रीय सदस्य थिए । खोर्सानेमा उनी विभिन्न सहकारी लगायतका सामाजिक संघ संस्थाहरुमा रहेर समाज सेवामा सक्रिय थिए ।









