उपत्यकामा बढ्यो संक्रमित संख्या, कुन जिल्लामा कति ?
काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ८२१ संक्रमित थपिएका छन् । उपत्यकाका ३ जिल्लामध्ये भक्तपुरमा ३६६, ललितपुरमा ६९४ र काठमाडौंमा १ हजार ७६१ गरी कुल २ हजार ८२१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबारको प्रेस ब्रिफिङमा जानकारी दिए ।
त्यस्तै हिजो काठमाडौं उपत्यकामा २,३२८ जना संक्रमित भेटिएका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हिजो काठमाडौं जिल्लामा १,८११, भक्तपुरमा १७९ र ललितपुरमा ३३८ जनामा संक्रमण पुष्टि भएको थियो । हिजोको तुलनाम आज संक्रमित बढेको देखिएको हो ।