घट्यो कोरोना संक्रमण दर , कति भेटिए आज ?
काठमाडौँ - नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा थप ७९१४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । आइतबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । २४ घण्टामा १८ हजार ९६५ जनाको पिसिआर र ९३१ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।
यसअघि शनिबार देशभर ८९८० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने ८८४८ जना संक्रमणमुक्त बनेका थिए । यस्तै १२९ जनाको संक्रमणका कारण मृत्यु भएको थियो ।
यसअघि शनिबार देशभर ८९८० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने ८८४८ जना संक्रमणमुक्त बनेका थिए । यस्तै १२९ जनाको संक्रमणका कारण मृत्यु भएको थियो ।
त्यस्तै यस अवधिमा ७ हजार ६६४ जना कोरोनाबाट निको भएका छन्। हालसम्म कोरोनाबाट निको हुनेको दर ७६. ३ प्रतिशत रहेको उनले बताए।पछिल्लो २४ घण्टामा १९३ जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि भएको छ। हाल देशभर १ लाख १५ हजार ५४७ जना सक्रिय संक्रमित छन्।
संक्रमितमध्ये १ हजार ७२१ जना आइसियूमा छन्, तिमध्ये ४८४ जना भेन्टिलेटरको सहायतामा उपचाररत छन्।