image
image

अर्थोपेडिक सर्जन डा. मुराद हुसेनको कोरोना संक्रमणबाट मृत्यु

काठमाडौं, ९, आइतबार । अर्थोपेडिक सर्जन डा. मुराद हुसेनको कोभिड–१९ को संक्रमणबाट मृत्यु भएको छ । आइतबार विहान ६ बजे नेपाल मेडिसिटी अस्पतालमा उपचारको क्रममा ३४ वर्षीय मुरादको मृत्यु भएको हो ।

कलेजमा पढ्दा उनका सिनियर रहेका डा. सन्तोष बटाजुले कोभिड–१९ कारण डा. मुरादको निधन भएको पुष्टि गरे । ‘आज विहान ६ बजे मेडिसिटी अस्पतालमा उपचारकै क्रममा उनको निधन भएको हो,’ उनले भने, ‘हामीले एउटा होनहार युवा चिकित्सक गुमायौं ।’

१० दिनअघि उनलाई वीरगन्जस्थित वीरगन्ज हेल्थकेयर हस्पिटलमा भर्ना गरिएको थियो । त्यहाँ स्वास्थ्यमा सुधार हुन नसकेपछि उनलाई ८ दिनअघि एयर लिफट गरेर मेडिसिटीमा ल्याएर उपचार थालिएको थियो ।वीरगन्ज स्थायी घर भएका डा. मुरादले बंगलादेशबाट एमबीबीएस गरेका हुन् । उनी केही समयअघि मात्रै त्यहीबाट अर्थोपेडिकमा एमएस गरेर फर्किएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।