५ हजार एमएएच ब्याट्री भएको रियलमी फोन नेपाली बजारमा
काठमाडौँ, ९, आइतबार । रियलमीको बहुप्रतिक्षित मोबाइल फोन ‘रियलमी सी ११–२०२१’ सार्वजनिक गरिएको छ। यो इन्ट्री लेभल स्मार्टफोन अन्तर्गत पर्छ।यसमा टिकाउ ब्याट्री, सशक्त प्रदर्शनी, ठूलो डिस्प्ले छ। यो फोन समग्र रुपमा युवा तथा सबै उमेर समुहका उपभोक्तालाई मध्येनजर गरी डिजाइन गरिएको कम्पनीले बताएको छ। फोनमा ५ हजार एमएचको ब्याट्री दिएको छ। जसले दिनभर अत्याधिक उपयोग गर्दा समेत ब्याट्री लामो समयसम्मका लागि टिकाउ राख्छ।
रियलमीको प्रयोगशालामा परीक्षणका क्रममा देखिएको तथ्यांक अनुसार यसको ब्याट्री निरन्तर युट्युब चलाउँदा १७ घण्टासम्म, निरन्तर फोनमा कुरा गर्दा ३७ घण्टासम्म र निरन्तर संगीत सुन्दा १०८ घण्टासम्म टिक्दछ। यसैगरी मोबाइलमा पावर सेभिङ मोड पनि छ जसले सामान्यता प्रयोग भइरहने मुख्य ६ वटा एप चलाउँदा समेत अधिकतम ब्याट्री बचत गर्दछ। सफ्टवेयर अप्टिमाइजेशन विशेषताहरु जस्तै एप क्वीक फ्रिजले ब्याकग्राउण्डका सुस्त एपमा खपत हुने पावर घटाउने, स्क्रिन ब्याट्री अप्टिमाइजरले डिस्प्ले इफेक्ट कम गरी फोनको स्थिरता बढाउँछ।
कम्पनीले यसमा ६.५ इन्चको डिस्प्ले दिएको छ।
यो फुल मिनीड्रप स्क्रिन हो, जसले सामाजिक सञ्जाल चलाउँदा, गेम खेल्दा र भिडियो हेर्दा भर्चुअल दुनियाँको गहिरो आनन्द दिने कम्पनीको दाबी छ। ४ जिबी र्याम र २५६ जिबीसम्मको माइक्रोएसडी कार्ड राख्न सकिने ३२ जिबी स्टोरेज छ। एन्ड्रोइड ११ मा आधारित रियलमी युआई संस्करणको यस फोनले उपभोक्तालाई अधिक आनन्द र सहज उपयोगको अनुभूति दिन्छ।
यसमा एलइडी फ्ल्यासका साथ ८ एमपी पछाडिको क्यामरा र मिनी ड्रप नोचमा ५ एमपी सेल्फी क्यामरा दिइएको छ। फोनमा वाइफाइ, ब्लुटुथ, फोरजी कनेक्टिभिटी, बढाउन योग्य स्टोरेज र सुविधाजन्य तीनवटा कार्डस्लट लगायत सबै आधारभूत विशेषता छ। कम्पनीका अनुसार यो नीलो र खैरो दुई रङ्गमा उपलब्ध छ। यसको मूल्य १२ हजार ९ सय ९० रूपैयाँ छ।