वरिष्ठ अधिवक्ता रेग्मीको कोरोना संक्रमणका कारण मृत्यु
काठमाडौँ, ९, आइतबार , कोरोना भाइरस ९कोभिड–१९० संक्रमणबाट बरिष्ठ अधिवक्ता हिरा रेग्मीको मृत्यु भएको छ । काठमाडौंंको नर्भिक अस्पतालमा गएराती १ बजे रेग्मीको मृत्यु भएको हो । कोरोना भाइरस ९कोभिड–१९० संक्रमण भएपछि नेपाल प्रहरी अस्पताल भर्ना भएका रेग्मीलाई पछि नर्भिक अस्पतालमा सारिएको थियो । रेग्मी पत्नी सपना ढुंगेलको पनि कोभिड संक्रमणका कारण १४ दिनअघि नेपाल प्रहरी अस्पतालमा निधन भएको थियो ।









