दोस्रो भेरिएन्टको संक्रमणबाट भारतमा ४२० जना डाक्टरको मृत्यु
काठमाडौं, ८, शनिबार । पछिल्लो समय छिमेकी राष्ट्र भारतमा सबै भन्दा बढी दोस्रो लहरको कोरोना संक्रमण फैलिरहेको छ ।दोस्रो लहरको कोरोना संक्रमणका कारण भारतमा ४२० जना डाक्टरहरुको ज्यान गुमाएका छन् । इन्डियन मेडिकल एसोसिएसनको आँकडा अनुसार दोस्रो लहरको कोरोना संक्रमणका कारण भारतको दिल्लीमा सबै भन्दा बढी डाक्टरहरुको मृत्यु भएको छ ।
एसोसिएसनका अनुसार दिल्लीमा मात्रै १०० जना डाक्टरहरुको मृत्यु भएको छ । त्यस्तै, बिहारमा ९६ जना, यूपीमा ४१ जना डाक्टरहरुको मृत्यु भएको छ । त्यस्तै, आन्ध्र प्रदेशमा २६ जना, असममा ३ जना, गुजरातमा ३१ जना, गोवामा द्द जना, हरियणामा २ जना, महाराष्ट्रमा १५ जना, मध्यप्रदेशमा १३ जना डाक्टरहरुको मृत्यु भएको छ ।
त्यस्तै, दोस्रो लहरको कोरोनाका कारण सबै भन्दा कम पञ्जाव र पुडुचेरीमा एक–एक जना डाक्टरको मृत्यु भएको छ ।