image
image

हेटौंडा अस्पतालमा उपचाररत ५ जना कोरोना संक्रमितको मृत्यु

हेटौंडा - हेटौंडा अस्पतालमा उपचाररत ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  मदन भण्डारी स्वास्थ्य विज्ञा प्रतिष्ठान हेटौंडा अस्पतालमा पछिल्लो २४ घण्टामा थप ५ जनाको मृत्यु भएको अस्पतालका कोभिड इन्चार्ज डा. सागर काफ्लेले जानकारी दिएका छन् । मृत्यु हुनेमा ४ जना पुरुष र १ जना महिला रहेको अस्पतालले जनाएको छ ।


अस्पतालले दिएको जानकारी अनुसार हेटौँडा उपमहानगरपालिका वडा नम्वर–४ निवासी ५८ बर्षका पुरुष, बकैया गाउँपालिका वडा नम्वर–११ निवासी ८५ बर्षको पुरुष, मनहरी गाउँपालिका वडा नम्वर–९ निवासी ६२ बर्षका पुरुष, बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्वर–२२ निवासी ४८ बर्षका पुरुष रहेका छन् । उनीहरुको शुक्रबार राति मृत्यु भएको हो । 


त्यस्तै हेटौँडा–११ की ६० बर्षकी महिलाको पनि कोरोनाको कारण आज बिहान मृत्यु भएको हो ।यससँगै हेटौँडा अस्पतालमा ४३ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।