उपत्यकामा थपिए २४४७ संक्रमित, कुन जिल्लामा कति ?
काठमाडौँ - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप दुई हजार ४४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप २४४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।
त्यसमध्ये काठमाडौंमा १७५२, ललितपुरमा ४०० र भक्तपुरमा २९५ जना संक्रमित थपिएका हुन्। मन्त्रालयका अनुसार उपत्यकामा अहिले ३३ हजार ९१३ जना सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा मात्रै २२१९३, ललितपुरमा ६८५६ र भक्तपुरमा ४८६४ जना छन्।
यस्तै देशभर कोरोनाको सक्रिय संक्रमित पनि बढ्दै क्रम जारी छ । आजसम्म १ लाख १६ हजार १९२ सक्रिय संक्रमित पुगेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा मात्रै नेपालमा ८६०७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार बितेको २४ घण्टामा २३ हजार २२६ जनाको नमुना परीक्षण गर्दा ८६०७ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै सोही अवधिमा ७८९० जना संक्रमणमुक्त भएका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ४ लाख ९७ हजार ५२ पुगेको छ भने निको हुनेको संख्या ३ लाख ७४ हजार ८३६ पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमित १ लाख १६ हजार नाघेका छन् भने मृतकको संख्या ६ हजार २४ पुगेको छ ।नेपालमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या शुक्रबार ६ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार थप १७७ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या ६ हजार २४ पुगेको हो ।