image
image

माओवादी केन्द्रकी प्रदेश कमिटी सदस्यको कोरोना संक्रमणबाट निधन

काठमाडौं, ७, शुक्रबार । कोरोना भाइरस संक्रमणका कारण नेपाल कम्युनिष्ट पार्टीको लुम्बिनी प्रदेश कमिटी सदस्य हरिहरा घर्तीमगरको ज्यान गएको छ । घर्तीको आज बिहान ५ बजे दाङ बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा निधन भएको हो ।

माडी गाउँपालिका–५ भावाङ स्थायी ठेगाना भई घर्तीगाउँ बजारमा अल्लो व्यवसाय गर्दै आएकी घर्ती कृषि सहकारीलगायत सङ्घसंस्थामार्फत सामाजिक सेवामा पनि आबद्ध हुनुहुन्थ्यो । कोरोना सङ्क्रमणपछि उहाँलाई गत जेष्ठ ४ गते रोल्पा अस्पतालमा भर्ना गरिएको थियो । बेलझुण्डी कोरोना विशेष अस्पतालमा उपचाररत घर्तीको आज बिहान ५ बजे मृत्यु भएको नेकपाका जिल्ला कमिटी सदस्य मानसिंह विकले जानकारी दिनुभयो ।

कोरोनाको दोस्रो लहरसँगै रोल्पामा मृत्यु हुने घर्ती हालसम्मकै उच्च तहको राजनीतिक नेतृ हुनुहुन्छ । यससँगै रोल्पामा कोरोनाको दोस्रो लहरबाट १० जनाले ज्यान गुमाएका छन् । जिल्ला प्रशासन कार्यालय रोल्पाले दिएको जानकारीअनुसार जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ५३८ रहेको छ । तीमध्ये ८३ जिल्लाभित्र रहेका विभिन्न आइसोलेशनमा रहेका छन् भने ४५० जना होमआइसोलेशनमा रहेका छन् ।

सङ्क्रमितमध्ये ६५ निको भइसकेका छन् । जिल्लामा आइसीयू र भेन्टिलेटरको व्यवस्था भने हालसम्म हुनसकेको छैन । जिल्ला अस्पतालका साथै सबै स्थानीय तहहरुले आइसोलेशन स्थापना गरे पनि अक्सिजन सिलिण्डरको समस्या देखिँदै आएको छ ।
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।