image
image

रिपोर्ट आउन ढिला हुँदा सङ्क्रमणको जोखिम

स्याङ्जा, ५ जेठ: जिल्लामा कोभिड-­१९ को सङ्क्रमण बढेसँगै स्थानीय पालिकाहरुले टोलटोलमा पुगेर सङ्क्रमितको स्वाब सङ्कलन गरेर परीक्षणको लागि जनस्वास्थ्य प्रयोगशाला पोखरा पठाए पनि त्यसको रिपोर्ट आउन ढिलो हुँदा जोखिम झनै बढेर गएको हो ।

स्वाब सङ्कलन गरी पठाएको १०-१२ दिनसम्म पनि रिपोर्ट नआउँदा सङ्क्रमितको परिवारमा समेत समस्या हुने गरेको छ भने यसले अन्य उपचारमा समेत अन्योलको साथै थप त्रास सिर्जना गरेको छ । स्वाब सङ्कलन गरिएकाको रिपोर्ट नआउादै मृत्यु हुने र केही बिरामीको रिपोर्ट आउनुभन्दा अगाडि नै ठीक भएका घटनाले सङ्क्रमण नियन्त्रण गर्नमा थप चुनौती थपिएको पाइन्छ ।

जिल्ला सदरमुकामदेखि टाढाको दूरीमा रहेका हरिनास र कालीगण्डकी गाउँपालिका तथा चापाकोट नगरपालिकामा स्वाबको रिपोर्ट आउन लामो समय लाग्दा थप समस्या भएको पालिका प्रमुखहरुको भनाइ छ ।


कालीण्डकी गाउँपालिका प्रमुख खिमबहादुर थापाले लामो समयसम्म स्वाबको रिपोर्ट नआउँदा आफूहरुलाई व्यवस्थापनमा समस्या भएको बताए । थापाले भने, “गाउँगाउँमा पुगेर स्वाब सङ्कलन गरेर पठायो, लामो समयसम्म रिपोर्ट आउँदैन, त्यसअवधिमा मानिसहरु हिँडडुल गर्दा सङ्क्रमण बढ्ने जोखिम रहेको छ ।”

हरिनास गाउँपालिकाका अध्यक्ष खिमनारायण मानन्धरको पनि भनाइ उस्तै छ । स्वाब परीक्षणको लागि पठाएका व्यक्तिको रिपोर्ट नआउँदै मृत्यु भएको अवस्थामा दाहसंस्कार गर्न समेत समस्या हुने गरेको उनले बताए ।

जिल्लामा मङ्गलबारसम्म कुल एक हजार १८५ जना सङ्क्रमित भएका छन् भने १११ जना निको भएर घर फर्किएका छन् । मृत्यु हुनेहरुको सङ्ख्या ५२ पुगेको छ भने विभिन्न अस्पतालमा ३५ पुरुष र १७ महिला गरी ५२ जनाको उपचार भइरहेको छ ।

जिल्लामा ३१७ आइसोलेसन शय्या र १९९ अक्सिजन सिलिण्डर रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । होम आइसोलेसनमा ४७३ महिला र ४५९ पुरुष रहेका छन् भने आइसोलेसन केन्द्रमा आठ महिला र २९ पुरुषको उपचार भइरहेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी मित्रप्रसाद अर्यालले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।