कोरोना सङ्क्रमणबाट एक पत्रकारसहित ७ जनाको मृत्यु
काठमाडौँ, ५, बुधबार । कोरोना भाइरस सङ्क्रमणका कारण बुटवलमा एक पत्रकारसहित ७ जनाको मृत्यु भएको छ।लुम्बिनी प्रादेशिक अस्पतालमा चार र भैरहवास्थित भीम अस्पतालमा तीन जनाको मृत्यु भएको हो।
बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत रुपन्देहीका पत्रकार हिक्मत चौधरी,पाल्पाकी ६० वर्षीया महिला,बुटवल–१३ का ५२ वर्षीय पुरुष,बुटवल–७ का ६० वर्षीय पुरुष, रुपन्देहीका ५७ वर्षीय पुरुष, परासीका ४६ वर्षीय पुरुष र लुम्बिनी सांस्कृतिक नगरपालिकाका ४५ वर्षीय पुरुष छन्।