image
image

उद्योग वाणिज्य सङ्घद्वारा अस्पताललाई अक्सिजन सिलिण्डर प्रदान

फुङ्लिङ, ४ जेठ: ताप्लेजुङ उद्योग वाणिज्य सङ्घले १७ थान अक्सिजन सिलिण्डर जिल्ला अस्पताललाई प्रदान गरेको छ । जिल्लामा कोरोना सङ्क्रमण दर तीव्ररूपमा बढिरहेको र जिल्ला अस्पतालमा अक्सिजनको अभाव भइरहेको अवस्थामा उद्योग वाणिज्य सङ्घले आज सिलिण्डर उपलब्ध गराएको हो ।

ताप्लेजुङ उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष दिनेश अधिकारीलगायत पदाधिकारी तथा सदस्यको उपस्थितिमा अक्सिजन सिलिण्डर जिल्ला अस्पतालका प्रमुख चिकित्सक सोनिङ लामालाई हस्तान्तरण गरिएको हो । वाणिज्य सङ्घले यसअघि गएको शुक्रबार आठ थान अक्सिजन सिलिण्डर उपलब्ध गराएको थियो ।

प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री योगेशकुमार भट्टराई, प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री टङ्क आङ्बुहाङसहित विभिन्न उद्योगी, व्यापारीलगायत दाताको सहयोगबाट दुईपटक गरेर २५ थान अक्सिजन सिलिण्डर जिल्ला अस्पताललाई उपलब्ध गराएको वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष अधिकारीले बताए । जिल्ला अस्पताललाई उपलब्ध गराएको अक्सिजन सिलिण्डरले कोभिड–१९ सङ्क्रमित भएका बिरामीको उपचारमा सहयोग पुग्ने विश्वास वाणिज्य सङ्घले लिएको छ ।-रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।