image
image

धुर्मुस अक्सिजन लिएर पुगे अस्पताल 

काठमाडौँ, ४, मंगलबार । कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ले अस्पताललाई अक्सिजन सहयोग गरेका छन् । धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष समेत रहेका उनले बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा सञ्चालित १ सय ४० शैयाको कोभिड अस्पताललाई ५० थान अक्सिजन दिएका हुन् ।

‘अक्सिजनको चरम अभावका कारण कुनै पनि बिरामीले ज्यान गुमाउनु नपरोस् भनेर अस्पताललाई सहयोग गरेको हो’ धुर्मुसले भने ‘ उनले संक्रमितलाई आत्मबल बढाउन, डर र त्रासबाट विचलित नहुन आग्रह समेत गरेका छन् ।फाउन्डेसनले महामारीबाट पीडित भएकाहरूको राहत र उद्धारका लागि आकस्मिक हेल्प कक्ष स्थापना गरेर एम्बुलेन्स, रक्तदान लगायतका सेवा दिँदै आएको छ । 

हालसम्म हेल्प डेस्कबाट ८ सयभन्दा बढी व्यक्तिलाई सेवा दिइसकेको र भरतपुर अस्पताललाई स्वास्थ्य सामाग्रीहरु पनि हस्तान्तरण गरिएको धुर्मुसले सामाजिक संजालबाट जानकारी दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।