१३ सरकारी अस्पतालमा कोभिड ओपिडी सेवा सञ्चालन ल्याउने
काठमाडौँ, ३, सोमबार । कोरोना भाइर संक्रमित बिरामीका लागि काठमाडौंका अस्पतालहरुमा कोभिड ओपिडी सञ्चालनमा ल्याइएको छ । कोराना भाइरस संक्रमित बिरामीलाई बेड अभाव भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंका सरकारी अस्पतालहरुमा कोभिड ओपिडी सेवा सुरु गरेको हो ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार त्रिवि शिक्षण अस्पताल, नेपाल मेडिकल कलेज, काठमाडौं मेडिकल कलेज, किष्ट मेडिकल कलेज, निजामती कर्मचारी अस्पताल, वीर अस्पताल, सशस्त्र प्रहरी अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन अस्पताल, नोबेल अस्पताल तथा किष्ट अस्पताल ग्वार्को, आर्मी अस्पताल र धुलिखेल अस्पताल काभ्रेमा कोभिड ओपिडीको व्यवस्थापन गरिएको हो ।
अस्पतालले कोभिडका बिरामी जाँचेर सामान्य भएमा होम आइसोलेशनमा पठाउने गर्छ । यदि संक्रमितलाई अक्सिजन आवश्यकता परेमा ओपिडीमै हेर्ने गरिन्छ । स्वास्थ्यमा समस्या भएर अस्पताल पुगेका संक्रमितलाई प्रत्यक्षरूपमा स्वास्थ्यकर्मीको निगरानीमा स्वास्थ्य उपचार गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।