image
image

पछिल्लो २७ दिनमा भारतमा सबैभन्दा कम संक्रमित 

काठमाडौँ, ३, सामेबार । भारतमा आइतबार पछिल्ला २७ दिनमै सबैभन्दा कम कोरोनाभाइरसका नयाँ संक्रमित थपिएका छन्।हिन्दुस्तान टाइम्सका अनुसार आइतबार भारतभर २ लाख ८१ हजार ९ सय ११ जना संक्रमित थपिएका हुन्। अघिल्लो साता एकैदिन ४ लाख १४ हजार कोरोना संक्रमित भेटिएको भारतमा अहिले दैनिक संक्रमण घटिरहेको छ।

टाइम्स अफ इन्डियाका अनुसार पछिल्लो समय दैनिक संक्रमितसँगै परीक्षण गरिएकामा कोरोना पोजेटिभ देखिने दर पनि घटेको छ। मे ८ देखि १४ सम्ममा भारतमा परीक्षण गरिएकामध्ये १९.५ प्रतिशतलाई कोरोना देखिएको छ। 

मे ८ मा भारतभरि ३ लाख ९१ हजार नयाँ कोरोना संक्रमित थपिएका थिए भने शनिबार त्यो संख्या ३ लाख ५४ हजार थियो।
यसले भारतमा कोरोनाको दोस्रो लहर पिकमा पुगेर झर्न लागेको हो कि भन्न देखिन्छ। यद्यपी मृत्युदर भने अहिले पनि दैनिक चार हजारको हाराहारीमा चलिरहेको छ।

भारतमा अहिलेसम्म २ करोड ४९ लाख मानिसमा कोरोना संक्रमण भएको छ। तीमध्ये २ लाख ७४ हजारले ज्यान गुमाएका छन् भने ३५ लाख अहिले सक्रिय संक्रमित छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।