एक्सपर्टद्वरा भरतपुर अस्पताललाई अक्सिजन सिलिण्डर सहयोग
काठमाडौँ, ३, सोमबार । एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस चितवनले भरतपुर अस्पताललाई अक्सिजन सिलिण्डर सहयोग गरेको छ। एक्सपर्टले करिब रु चार लाख बराबरको २० थान अक्सिजनसहितको सिलिण्डर सहयोग गरेको हो।
एक्सपर्ट चितवनका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र लेखा प्रमुख किरण पौडेलले सो सिलिण्डर अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारी र निमित्त प्रमुख सुपरिटेन्डेन्ट डा. जगन्नाथ तिवारीलाई हस्तान्तरण गरेका हुन्।
भरतपुर महानगरपालिका १ रामनगरमा रहेको स्वर्गद्वारी ग्यास उद्योगबाट अक्सिजन सिलिण्डर खरिद गरी भरतपुर अस्पतालमा सहयोग गरिएको हो।
प्रबन्ध निर्देशक अधिकारीले भने, ुसरकारी अस्पतालमा विपन्नदेखि सबै प्रकारका परिवारका बिरामीको उपचार हुन्छ, सामान्यस्तरका जनता कोरोना भाइरस संक्रमितका बिरामी अक्सिजन नपाएर मर्न नपरोस् भनेर सहयोगलाई अगाडि बढाएका हौँ । उनले हस्तान्तरण गरिएको सिलिण्डरमा पुनः एक पटक रिफिलको खर्च पनि एक्सपर्टले नै बेहोर्ने जानकारी गराएको छ ।