image
image

नायक पुष्प खड्काद्धरा कोरोना संक्रमितलाई ५० थान अक्सिजन सिलिन्डर सहयोग

काठमाडौँ, २, आइतबार । कोरोना भाइरस संक्रमणको दोश्रो लहरका कारण नेपालमा दैनिक ९ हजार भन्दा बढी संक्रमित देखिन थालेका छन् । कोरोना संक्रमण भएका बिरामीलाई अक्सिजन अभाव भएको छ । तर, देशका विभिन्न जिल्लामा अक्सिजनको अभाव भएका खबर सार्वजनिक भैरहेका छन् ।

अक्सिजनको अभाव भएको खबर सार्वजनिक भएसँगै नेपाली चलचित्रका कलाकारहरु पनि अगाडि सरेका छन् । सामाजिक कार्यमा आफूलाई सक्रिय बनाउँदै आएका नायक पुष्प खड्काले सुदुर पश्चिमका विभिन्न जिल्लामा कोरोना संक्रमित भएर उपचार गराइरहेका मानिसहरुका लागि ५० थान सिलिन्डर अक्सिजन सहयोग गरेका छन् ।

पुष्पले कैलालीको मैनादवी फाउन्डेशनसँग सहकार्य गर्दै अक्सिजन खरिदका लागि रकम सहयोग गरेका हुन् । पुष्पले भने अक्सिजनको अभावका कारण मानिसहरुले ज्यान गुमाइरहनु परेको छ यस्तो अवस्थामा हरेक मानिसले आफूले सक्ने सहयोग गर्न आवश्यक छ ।’

उनले भने–‘मलाई विभिन्न मानिसहरुबाट म्यासेज आइरहेको छ । कतिपयले अक्सिजनको अभाव भएको त कतिपयले आर्थिक अभाव भएको म्यासेज पठाइरहनुभएको छ । मैले सक्ने सहयोग मेरो तर्फबाट गर्नेछु ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।