image
image

यस्तो छ कोरोना संक्रमितको उपचारका लागि नयाँ व्यवस्था

काठमाडौँ । कोरोना संक्रमण तीव्र गतिमा फैलिएकोले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकाका विभिन्न ११ वटा कोभिड डेडिकेटेडसहित अन्य अस्पतालमा कोरोना संक्रमितको उपचारका लागि नयाँ व्यवस्था गरेको छ।

 नयाँ व्यवस्थाअनुसार संक्रमित अस्पतालल पुग्नुपर्नेछ अनि यी अस्पतालले अब संक्रमितलाई अवस्था हेरी घर पठाउने, भर्ना गर्ने या आइसियुमा राख्ने निर्णय लिनेछन्।  यसबाट गम्भीर अवस्थाका बिरामीको समयमै उपचार हुने र सामान्य अवस्थाकालाई घरैमा राखेर उचपार गर्न सजिलो हुने प्रवक्ता डा. जागेश्वर गौतमले बताए।


नेपाल मेडिकल कलेज, नोबेल अस्पताल, आर्मी अस्पताल, निजामती कर्मचारी अस्पताल, सशस्त्र प्रहरी अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ‘व्याक अप’ अस्पतालका रूपमा व्यवस्थापन गर्न लागेको मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीले बताए। त्यस्तै आज देखि लागू हुने नयाँ व्यवस्थासँगै १० हजार शय्याको क्षमता उपत्यकाका अस्पतालमा हुने मन्त्रालयले जनाएको छ। अस्पतालहरूले जुनसुकै समयमा पनि उपचार सेवा दिनुपर्ने प्रबन्ध मिलाइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।