image
image

एनआरएनद्वारा ५६० वटा सिलिन्डिर सरकारलाई हस्तान्तरण, कहाँ कहाँ हुदैछ वितरण ? 

काठमाडौँ । खाडीका श्रमिकले पठाएको ५६० वटा सिलिन्डिर एनआरएनले सरकारलाई हस्तान्तरण गरेको छ । आइतबार स्वास्थ्य मन्त्रालयमा आयोजित एक समारोहका बीच एनआरएनएका केन्द्रीय अध्यक्ष कुमार पन्तले मन्त्री हृदयेश त्रिपाठीलाई सो अक्सिजन सिलिन्डर हस्तान्तरण गरेका हुन् ।

सो सिलिन्डरहरू सुदूरपश्चिममा  १००, कर्णालीमा १००, लुम्बिनीमा २००, प्रदेश २ मा  ८५ र गण्डकी प्रदेशमा ७५ वटा वितरण गरिने अध्यक्ष पन्तले जानकारी दिए ।  नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ अभियानअन्तर्गत थप सहायता पनि आउने बताइएको छ ।पालमा अक्सिजनको चरम अभाव भएकाले एनआरएनएले ६७० वटा अक्सिजन कन्सन्ट्रेटर समेत तत्कालै उपलब्ध गराउने बताइएको छ ।

 गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् ओमानको पहल, ओमानस्थित नेपाली राजदूतावास, विभिन्न नेपाली संघसंस्था एवं आम गैरआवासीय नेपालीहरुको संयुक्त सहयोग र सहकार्यमा नेपाल ल्याइएको अक्सिजन सिलिन्डर ७५ लाख रुपैया बराबरको रहेको छ । ओमानदेखि काठमाडौँसम्मको अक्सिजन सिलिन्डर ढुवानीको खर्च भने नेपाल सरकारले व्यहोरेको थियो ।      
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।