image
image

छ लाखभन्दा बढीले डाउनलोड गरे नागरिक एप

काठमाडौँ २ जेठ: ‘सञ्चार र सूचना प्रविधिको टेवा, हातहातमै सरकारी सेवा’ भन्ने नाराका साथ गत माघ २ गते सार्वजनिक गरिएको ‘नागरिक एप’ प्रति प्रयोगकर्ताको आकर्षण देखिएको छ ।सार्वजनिक गरिएको एप चार महिनाको अवधिमा छ लाख ४० हजार ५०३ जनाले डाउनलोड गरेको पाइएको छ । राष्ट्रिय सूचना प्रविधि केन्द्रका अनुसार एप डाउनलोड गर्नेमध्येबाट हालसम्म ३४ दशमलव सात प्रतिशतको मात्र प्रमाणीकरण भएको छ ।

सूचना प्रविधि केन्द्रका सूचना अधिकारी रमेशप्रसाद पोखरेलका अनुसार पाँच लाख ७४ हजार २०३ जनाले एन्ड्रोइड फोनमा एप डाउनलोड गरेका छन् । यस्तै ५२ हजार ८५९ बढीले आइफोन (आइएसओ) र पाँच हजारभन्दा बढीले क्युआर कोर्ड स्क्यान गरेका छन् ।एप डाउनलोड गर्नेको सङ्ख्यामा उल्लेख्य रुपमा वृद्धि भए पनि प्रमाणीकरण गर्नेको सङ्ख्या न्यून रहेको छ । हालसम्म चार लाख १८ हजार १८८ जनाको अर्थात् ६५ दशमलव तीन प्रतिशत प्रमाणीकरण भएको छैन भने दुई लाख २२ हजार ३१५ जना अर्थात् ३४ दशमलव सात प्रतिशत मात्र प्रमाणीकरण भएको छ ।

उक्त एप डाउनलोड भए पनि प्रमाणीकरण नभएको धेरै गुनासो आउने गरेको केन्द्रका अधिकारी बताउँछन् । केन्द्रमा एप प्रमाणीकरण गरेर भित्र छिरेका प्रयोगकर्तासँगै टेलिफोनबाट धेरै प्रयोगकर्ताको गुनासो आउने गरेको छ ।हाल प्रयोग गरिरहेको सिमकार्ड आफ्नो नाममा नहुँदा प्रमाणीकरण हुन नसकेको, टेलिकमका कर्मचारीको गल्तीले नाम नमिलेको जस्ता गुनासो आउने गरेको उनले जानकारी दिए । यसैगरी धेरै प्रयोगकर्ताले नागरिकताको विवरण फरक परेको जस्ता गुनासो गर्ने गरेका छन् ।

गत माघ २ गते बेटा भर्सनका रूपमा सार्वजनिक भएको नागरिक एप गत वैशाख १९ गते फुल भर्सन सार्वजनिक गरिएको हो । नेपाल सरकारद्वारा प्रदान गरिने सबै किसिमका सेवालाई डिजिटलाइज गरी एकीकृत प्लेटफर्मबाट सेवा प्रवाह गर्ने भन्दै नागरिक एप सञ्चालनमा ल्याइएको थियो ।

पछिल्लो समय एपमा पुलिस क्लियरेन्स रिपोर्ट र स्वास्थ्य बीमा कार्यक्रमसमेत नागरिक एपमा थपिएका छन् । एपबाटै क्युआर स्क्यान गरेर नेपाल बैंक र सिद्धार्थ बैंकमा खाता खोल्न सकिन्छ । शुरुआती चरणमा गृह मन्त्रालय, निर्वाचन आयोग र राहदानी विभागमा रहेका विवरणलाई प्रयोग गरी उक्त एप्समा नगरिकको डिजिटल परिचय स्थापित गरिएको थियो । नागरिक एपमा पहिलो चरणमा सरकारी सेवा र दोस्रो चरणमा अर्धसरकारी सेवा समेटिनेछन् । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।