तातोपानी नाका हुँदै १८ हजार थान अक्सिजन सिलिन्डर आइपुग्यो
काठमाडौँ, २, आइतबार । सरकारले चीनबाट १८ हजार खाली अक्सिजनका सिलिन्डर नेपालमा ल्याएको छ । आइतबार स्थलमार्ग तातोपानी नाका हुँदै १८ हजार सिलिन्डर नेपाल आइपुगेका हुन् । चीनले अझै सिलिण्डर हस्तान्तरण गरिसकेको छैन।
अक्सिजन सिलिन्डरको चरम अभाव हुन थालेपछि सरकारले चीन सरकारबाट अनुदानमा २० हजार खाली सिलिन्डर ल्याएको हो । यसअघि ४०० सिलिन्डर नेपाल वायुसेवा निगमको वाइडबडी विमानबाट ल्याइएको थियो । अठार हजार आइसकेपछि बाँकी एक हजार ६०० सिलिन्डर पनि जहाजबाट ल्याउने तयारी भएको छ।