उद्योगमन्त्री र महावीरको भेट वार्ता, अक्सिजन व्यवस्थापनबारे छलफल हुँदै
काठमाडौँ, २, आइतबार । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले राष्ट्रिय आविस्कार केन्द्रका अध्यक्ष महावीर पुनसँग भेट गरेका छन् । कोभिड–१९ का कारण मुलुकभर अक्सिजनको अभाव भइरहेको बेलामा अहिलेको यो अवस्थालाई कसरी समाधान गर्न सकिन्छ, भन्नेबारेमा सुझाव लिन मन्त्री आविस्कार केन्द्रमा आएको पुनले जानकारी गराए ।
शनिबारको बैठकमा कुनै निचोड ननिस्किएको भन्दै थप छलफल गरेर अहिलेको संकट व्यवस्थापनको समाधान खोज्ने विषयमा छलफल भएको पुनले बताए।
‘शनिबार यस विषयमा सामान्य छलफल भयो, उहाँले अहिलेको संकटमा अक्सिजनको माग कसरी पूरा गर्न सकिन्छ भनेर सोध्नुभयो, मैले पनि पर्याप्त मात्रामा अक्सिजन कन्सन्टेटर खरिद गर्न सुझाव दिएँ पुनले भने ,आइतबार मन्त्रालयमा नै यसबारेमा छलफल गर्ने कार्यतालिका तय गरिएको छ ।’
पुनको नेतृत्वमा रहेको राष्ट्रिय आविस्कार केन्द्रले विभिन्न दाताहरुले दिएको अक्सिजन सिलिण्डरलाई मर्मत गरेर विभिन्न अस्पताललाई सहयोग गर्दै आएको छ । गत बिहीबार मात्रै केन्द्रले ट्रमा सेन्टरलाई १० वटा अक्सिजन सिलिण्डर सहयोग गरेको थियो ।