image
image

दुगड बने प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार

 एक महिनाअघि मात्र उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्रीबाट बिदा पाएका मोतीलाल दुगडलाई सरकारले प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त गरेको छ ।

राज्यमन्त्री पदबाट मुक्त भएपछि विराटनगर आएर आफ्नो उद्योग–व्यापार सह्मालिरहेका दुगडलाई आइतबार प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त गरिएको हो । यसअघि उक्त पदमा पूर्वअर्थमन्त्री युवराज खतिवडा थिए । खतिवडा अमेरिकाका लागि राजदूत नियुक्त भएपछि प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार पद खालि थियो ।

नेपाल सरकारको मन्त्री सरहको सुविधा पाउने गरी दुगडलाई उक्त पदमा नियुक्त गरिएको हो । 

उद्योगपति दुगडले आइतबार दिउँसो आफूले नियुक्ति पत्र पाएको जानकारी दिए । उनी आइतबार साँझ राजधानी पुगिसकेका छन् ।

आफूले राज्यमन्त्री पदमा छँदा सबैलाई समेटेर सबैको काम गरिदिने इमानदार प्रयास गरेको र अहिले त्यही इमानको मूल्याङ्कन भएको उनले प्रतिक्रिया दिए । यससँगै, मुलुकमा औद्योगिक र व्यापारिक वातावरणलाई सहज बनाउन आफूले भूमिका निर्वाह गर्ने दुगडले बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।