सोल्टी होटलको नाम फेरिदै
काठमाडौँ । नेपालकै एक पुरानो तारे होटल सोल्टी क्राउन प्लाजा अब नेपालकै एकल स्वामित्वको होटल बन्ने भएको छ । सोल्टी होटेल र इन्टरकन्टिनेन्टल होटेल्स ग्रुप (आइएचजी)को व्यवस्थापन सम्झौता समाप्त भए पश्चात होटललाई ‘दी सोल्टी काठमाडौं’ को रूपमा रि- ब्रान्डिंग गर्न लागिएको कम्पनीले जनाएको छ।
‘दी सोल्टी काठमाडौं’का अतिरिक्त यस कम्पनीको स्वामित्वमा एलएसजी स्काई शेफ काठमाडौं पनि रहेको छ।कम्पनीले नेपालगञ्जमा ‘सोल्टी वेष्टेण्ड प्रिमियर’ पाँचतारे होटल पनि स्थापित गरेको छ। २६ वर्ष लामो होटलको व्यवस्थापकीय जिम्मेवारी समेत सम्हालेको बेलायती कम्पनी आइएचजीले हालैमात्र सोल्टीबाट बाहिरिने निर्णय गरेको हो । त्यसो त कम्पनीसँगको सम्झौताअनुसार व्यवस्थापकीय जिम्मेवारीको करार अवधिसमेत सकिएसँगै आइएचजीले आफुसँग भएको सेयर समेत बेचेर होटलबाट बाहिरिने निर्णय गरेको हो । सो समूहले यसअघि नै आफुसँग भएको कम्पनीको सेयर सोल्टी इन्टरप्राइजेजलाई बिक्री गरिसकेको छ ।
पूर्वराजा ज्ञानेन्द्र शाहको परिवारको प्रमुख सेयर रहेको सोल्टी कम्पनीले आइएचजीसँग ८४ लाख २५ हजार माथिको सेयर ४७ करोड २३ लाख ४५ हजारमा किनेको सोल्टी इन्टरप्राइजेजले जनाएको छ । योसँगै अब कम्पनीको एकाधिकार नेपालीमै निहित भएको र अब होटल सञ्चालन र व्यवस्थापन समेत कम्पनी आफैंले गर्ने निर्णय भएको होटल सोल्टीका अध्यक्ष दिनेश विष्टले जानकारी दिएका छन् । यद्यपि होटलको व्यवस्थापक र सेयर होल्डर समेत फेरिए सँगै अब होटलको नामकरण समेत नयाँ गरिने उनले बताए ।