image
image

‘हाम्रो डक्टर एप्स’मार्फत कोरोना परामर्श सेवा

काठमाडौँ, ३० वैशाख: हाम्रो डक्टर अनलाइनले ‘हाम्रो डक्टर मोबाइल एप्स’मार्फत निःशुल्क कोभिड परामर्श सेवा शुरु गरेको छ । मोबाइल एप्समार्फत चिकित्सकसँग सःशुल्क परामर्श सेवा सञ्चालन गरिरहेको सो अनलाइनले कोभिड अवधिभर प्रयोगकर्तालाई राहत दिने उद्देश्यले बुधबारदेखि निःशुल्क परामर्श सेवा शुरु गरेको हो ।


एप्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) उद्धवराज भेटुवालले गुगल र एप्पल स्टोरमा उपलब्ध मोबाइल एप्लिकेशनको परामर्श सेक्सनमा गएपछि आउने कोरोना कन्सल्टेशनमा प्रयोगकर्ताले बिनाशुल्क चिकित्सकसँग परामर्श गर्नसक्ने बताए । “एकपटक शुरु गरेपछि एक हप्तासम्म प्रयोगकर्ताले चिकित्सकसँग परामर्श लिन, आफ्ना रिपोर्ट पठाउन र निगरानीमा रहन सक्नेछन्”, उनले भने ।

त्यस्तै हाम्रो डक्टरले इन्टरनेटको सुविधा नपुगेका ठाउँ र मानिसलाई लक्ष्य गरेर डाइरेक्ट हटलाइन सेवा पनि शुरु गरेको छ । चिकित्सकसँग कोरोनासम्बन्धी जानकारी र परामर्श लिनका लागि ९८०२३१५२२६, ९८०२३१५२२७ र ९८०२३१५२२८ नम्बरका तीनवटा हटलाइन नम्बर सार्वजनिक गरेको छ ।


उक्त नम्बरमा फोन गरेर डक्टरसँग परामर्श लिन सकिने सिइओ भेटुवालले बताए । सन् २०१६ देखि सञ्चालनमा आएको हाम्रो डक्टर एप्सबाट चिकित्सक, अस्पताल, एम्बुलेन्सलगायत सेवाग्राहीका बारेमा जानकारी लिनुका साथै विशेषज्ञ चिकित्सकसँग अनलाइन परामर्श, अस्पतालको टिकट खरिद, हेल्थ प्याकेज खरिदलगायत सेवा लिन सकिन्छ ।-रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।