नुवाकोटमा २२२ शय्याको आइसोलेसन केन्द्र स्थापना
कामठाडौँ। कोरोना भाइरसबाट सङ्क्रमित बिरामीको उपचार गर्न नुवाकोटका सबै स्थानीय तहले अक्सिजनसहितको आइसोलेसन केन्द्र स्थापना गरेका छन् ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार बुधबारसम्म जिल्लाका बाह्र स्थानीय तहसहित नेपाली सेनाको नं। १ तालीम गण र त्रिशूली अस्पतालमा गरेर २२२ शय्याको आइसोलेसन सञ्चालनमा ल्याइएको छ ।
‘स्थानीय तहले बनाएका आइसोलेसनमा चिकित्सक, अक्सिजन सिलिण्डरसहितको सुविधा उपलब्ध छ’, सूचना अधिकृत उत्तमराज खनालले भने, ‘कोरोना सङ्क्रमितको स्वास्थ्य समस्या नभएसम्म घरमै बस्न र कमजोर महशुस भएमा स्वास्थ्यकर्मीसँग सम्पर्क राख्न भनेकाले हाल नुवाकोटमा बिरामीको उपचारको लागी शय्याको अभाव देखिन्न ।’
विदुर नगरपलिका भित्र हाल ३३२ कोरोनाका सक्रिय सक्रमित छन् । उनीहरुमध्ये स्वास्थ्य समस्या भएका केहीको त्रिशूली अस्पतालमा उपचार भईरहेकाले सुविधायुक्त आइसोलेसन केन्द्र भने खाली छ ।
बेलकोटगढी नगरपालिकामा कोभिड अस्पतालसहित २५ शय्याको आवश्यक सुविधासहित आइसोलेसन केन्द्र सञ्चालनमा ल्याइएको नगरप्रमुख राजेन्दरमण खनालले जानकारी दिए । लिखुमा १०, शिवपुरीमा २०, म्यागङमा ८, किस्पाङमा ५, सूर्यगढीमा २०, तादीमा २०, तारकेश्वरमा ९, दुप्चेश्वरमा ८, पञ्चकन्यामा ५ र ककनी गाउँपालिका ५ शय्याको आइसोलेसन कक्ष तयार छ ।
आइसोलेसन कक्षमा सबै स्थानमा अक्सिजन सहित अक्सिजन कन्सनट्रेटर, पल्स–अक्सोमिटर, पिपिइ, भाइरस परीक्षण गर्ने एण्टिजेन कीट, पिसिआरको लागि स्वाब सङ्कलन गर्न भिटिएम सहितको सुविधा रहेको जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले जानकारी दिए ।
नुवाकोटमा हालसम्म एक हजार ८८० जनामा कोराना देखिएकोमा त्यसमध्ये एक हजार २४९ जना निको भएका छन् । जिल्ला भित्र चार जनाको मृत्यु भएको छ ।