image
image

नेपालसँगको हवाई उडानमा प्रतिबन्ध लगाउने यूएईको घोषणा  

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई)ले नेपालबाट हुने हवाई उडानमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ । नेपालमा कोरोनाको दोस्रो लहर तीव्र गतिमा फैलिएसँगै आउँदो बुधबार मध्यरातदेखि हवाई उडानमा प्रतिबन्ध लगाउने भएको हो ।

युएईले नेपालसहित दक्षिण एसियाका चार मुलुकमाथि यात्रा प्रतिबन्ध लगाउने घोषणा गरेको छ । यतिबेला भारतसहित दक्षिण एसियाली मुलुकमा कोरोनाको दोस्रो लहर भयावह बनिरहेको छ । दक्षिया एसियामा दैनिक हजारौंको मृत्यू र लाखौं संक्रमित भइरहेका छन् ।

खलिज टाइम्सले यूईएको नेसनल इमर्जेन्सी क्राइसिस कमिटीले सोमबार उक्त निर्णय गरेको समाचार उल्लेख गरेको छ । नेपालका यात्रुमाथि प्रतिबन्धसँगै नेपालबाट हुने ट्रान्जिटका उडानहरुमा पनि रोक लगाइएको टाइम्सले बताएको छ ।

यद्यपी, उक्त प्रतिबन्ध युएईका नागरिक, कूटनीतिज्ञ, डेलिगेट्स र गोल्डेन भिसा होल्डर्सलाई लागु हुने छैन । हवाई यात्रा प्रतिबन्ध लाग्नेमा नेपाल, श्रीलंका, बंगलादेश र पाकिस्तान छन् ।

यसअघि, नेपालमाथिको हवाई यात्रामा मलेसिया, बेलायत, बंगलादेश र सिंगापुरले समेत अस्थायी प्रतिबन्ध लगाइसकेका छन् । उनीहरुले कोरोनाको दोस्रो लहर तीव्र गतिमा बढेकोभन्दै नेपालमाथिको हवाई उडान तत्कालका लागि रोक्ने घोषणा गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।