image
image

अब साथी एपबाट घरमै पिसिआर टेष्ट गराउन सकिने

काठमाडौँ । अब साथी एपबाट अब घरमै पिसिआर टेष्ट गराउन सकिने भएको छ । विगत लामो समयदेखि राइड सेयरिङ्ग सुविधा दिँदै आएको साथी राइडले यस कोरोना महामारीको विषम परिस्थितिलाई न्यूनीकरण गर्न 'घरमै बसौं, सुरक्षित रहौं' भन्ने नाराका साथ विभिन्न अस्पताल तथा प्रयोगशालाहरु (ल्याब) सँग सहकार्य गरी कस्टमरलाई सहज तथा सुरक्षाको लागि घरमै पिसिआर स्वाब संकलन गर्ने भएको हो ।

हाल घरमै पिसिआर परीक्षण गराउने यो सेवा काठमाडौंमा शुरु भईसकेको छ भने आगामी दिनमा देशका अन्य शहरहरुमा पनि उपलब्ध गराउने योजना लिईएको छ । यो सेवा लिनका लागि सेवाग्राहीहरुले साथी एप डाउनलोड गरेर त्यसमा आफ्नो नाम ठेगानासहितको जानकारीहरु राखेर रजिस्टर गर्नुपर्ने हुन्छ । र सो एप मार्फत सिधै सेवा लिन सकिने बताएको छ  । साथी एप अहिले गुगल प्ले स्टोरमा मात्र उपलब्ध छ भने आगामी दिनमा आईओएसमा पनि ल्याउने तयारी गरिएको छ।

    
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।