image
image

प्रदेश २ मा १९ प्रहरी र ५६ थुनुवालाई कोरोना संक्रमण

जनकपुरधाम : प्रदेश २ मा कोरोना संक्रमणको दोस्रो लहरमा अहिलेसम्म १९ जना प्रहरी र ५६ जना थुनुवा प्रभावित भएका छन् ।२ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधामका अनुसार प्रदेशका ८ जिल्लामध्ये महोत्तरी बाहेक ७ वटै जिल्लाका प्रहरीमा कोरोना संक्रमण पाइएको छ ।
प्रदेश प्रहरी प्रमुख एवं डिआइजी धिरजप्रताप सिंहका अनुसार बारा जिल्लामा मात्र ६ जना प्रहरीमा कोरोना संक्रमण पाइएको छ । त्यसगैरी पर्सामा ५, सर्लाहीमा ३, सिरहामा २, सप्तरी, धनुषा र रौतहटमा एक÷एक जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको उनले जानकारी दिए ।

संक्रमित प्रहरीमध्ये पर्साका १ जनाको अक्सिजनको सपोर्टमा उपचार भइरहेको जनाइएको छ भने बाँकीको अवस्था सामान्य रहेको जनाइएको छ । उनीहरुको उपचार सम्बन्धित कार्यालयकै आइसोलेसनमा भईरहेको डिआइजी सिंहले बताए ।

त्यस्तै प्रदेश २ मा रहेका विभिन्न प्रहरी हिरासतमा रहेका ५६ जना थुनुवासमेत कोरोना संक्रमित भएका छन् । सबैभन्दा बढी पर्सा प्रहरी हिरासतमा रहेका ३९ जना थुनुवामा कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ ।

त्यस्तै रौतहट हिरासतमा रहेका १०, धनुषामा ५ तथा महोत्तरी र सर्लाही प्रहरी हिरासतमा रहेका १÷१ जना थुनुवामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।