image
image
नेपाल प्रहरीद्वारा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू

नेपाल प्रहरीद्वारा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू

  कार्तिक २१। तिहार, नेपाल संवत् तथा छठ पर्वलाई लक्षित गर्दै नेपाल प्रहरीले देशभर ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना–२०८३’ लागू गरेको छ। चाडपर्वका समयमा हुन सक्ने चोरी, लुटपाट, जुवातास, सट्टेबाजी, अनलाइन ठगी तथा झैझगडाजस्ता आपराधिक गतिविधि नियन्त्रण गर्न प्रहरीले सुरक्षा निगरानी बढाएको हो।

नेपाल प्रहरीका अनुसार सार्वजनिक यातायात, बसपार्क, मुख्य बजार, सीमानाका तथा भन्सार क्षेत्रमा विशेष चेकजाँच र गस्ती परिचालन गरिएको छ। जुवातास तथा सट्टेबाजी हुन सक्ने सम्भावित क्षेत्रमा सादा पोशाकका प्रहरीसमेत खटाइएको छ।

त्यस्तै, तिहारमा दियो, बत्ती र पटाकाका कारण हुन सक्ने आगलागी तथा दुर्घटनालाई ध्यानमा राख्दै दमकल र विपद् व्यवस्थापन टोलीलाई २४ सै घण्टा तयारी अवस्थामा राखिएको छ। प्रहरीले पटका तथा विस्फोटक पदार्थ प्रयोग नगर्न, मादक पदार्थ सेवन गरी होहल्ला नगर्न र देउसी–भैलो स्थानीय प्रशासनले तोकेको समयभित्र सञ्चालन गर्न आग्रह गरेको छ।

प्रहरीले नागरिकलाई कुनै पनि शंकास्पद गतिविधि, चोरी, ठगी वा दुर्घटना देखिएमा तत्काल प्रहरीको हटलाइन नम्बर १०० मा खबर गर्नसमेत अनुरोध गरेको छ। चाडपर्वलाई सुरक्षित, सभ्य र शान्तिपूर्ण रूपमा मनाउन नागरिकको सहयोग आवश्यक रहेको प्रहरीले जनाएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।