image
image
प्रहरी निरीक्षक आधारभूत तालिम दीक्षान्त समारोहमा पुगे प्रधानमन्त्री बालेन

प्रहरी निरीक्षक आधारभूत तालिम दीक्षान्त समारोहमा पुगे प्रधानमन्त्री बालेन

असोज २६ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) नेपाल प्रहरीका प्रहरी निरीक्षकहरूको आधारभूत तालिमको दीक्षान्त समारोहमा सहभागी भएका छन्। महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सोमबार आयोजित १–१८४औँ समूहको दीक्षान्त समारोहमा सहभागी हुँदै प्रधानमन्त्री शाहले दीक्षित प्रहरी निरीक्षकहरूलाई आफ्नो जिम्मेवारी निर्वाह गर्दा कुनै पनि दबाब र अनुचित प्रभावमा नपर्न आग्रह गरेका छन्।   

समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले प्रहरीले भेदभाव नगरी कुशलतापूर्वक काम गर्नेछ भन्ने विश्वास नागरिकमा स्थापित हुने गरी जिम्मेवारी निर्वाह गर्नुपर्ने बताए। उनले पेसागत सफलताको पहिलो आधार नैतिकता, निष्ठा र इमानदारिता भएको उल्लेख गर्दै प्रहरी अधिकृतहरूले आफ्नो आचरण र कार्यसम्पादनमा त्यसलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।

तालिम पूरा गरी कार्यक्षेत्रमा प्रवेश गर्न लागेका प्रहरी निरीक्षकहरूलाई प्रशिक्षणका क्रममा हासिल गरेको ज्ञान, सीप र अनुशासन व्यवहारमा उतार्न आग्रह गर्दै प्रधानमन्त्री शाहले संगठनको नियम तथा प्रोटोकलविपरीतका गतिविधिमा संलग्न नहुनसमेत सचेत गराए। जिम्मेवारी निर्वाह गर्दा जवाफदेहिता महत्त्वपूर्ण हुने उनको भनाइ थियो।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका निर्देशक डीआईजी दिनेश आचार्यका अनुसार १–१८४औँ समूहमा ७९ जना प्रहरी निरीक्षक दीक्षित भएका छन्। दीक्षित हुनेमा आठ महिला र ७१ पुरुष रहेका छन्। उनीहरूले ३४० दिनसम्म सञ्चालन भएको आधारभूत तालिम पूरा गरेका हुन्।

दीक्षान्त समारोहमा प्रधानमन्त्री शाहले तालिम सफलतापूर्वक सम्पन्न गर्ने प्रहरी निरीक्षकहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै उनीहरूलाई तालिम पूरा गर्न सहयोग गर्ने अभिभावक र परिवारजनप्रति आभार व्यक्त गरेका थिए।

समारोहमा मुख्यसचिव गोविन्दबहादुर कार्की, नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की तथा सशस्त्र प्रहरी बलका महानिरीक्षक नारायणदत्त पौडेललगायतका अधिकारीहरूको उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।