image
image
नेपालले क्यानडालाई २४ रनले हरायो, रोहित पौडेलको शतक

नेपालले क्यानडालाई २४ रनले हरायो, रोहित पौडेलको शतक

नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको पहिलो खेलमा क्यानडालाई २४ रनले पराजित गरेको छ। ओमानको अल अमेरात क्रिकेट मैदानमा आइतबार भएको खेलमा कप्तान रोहित पौडेलको शतकीय पारी र बलरहरूको उत्कृष्ट प्रदर्शनसँगै नेपालले महत्त्वपूर्ण जित निकालेको हो।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा सबै विकेट गुमाउँदै २३५ रन बनाएको थियो। नेपालको सुरुवात कमजोर रहे पनि कप्तान रोहित पौडेलले १२७ बलमा १०१ रन बनाए। उनले आफ्नो पारीमा आठ चौका र एक छक्का प्रहार गरे। यो रोहितको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा तेस्रो शतक हो। गुलशन झाले ३४ बलमा ४८ रन र बासिर अहमदले ३० रनको योगदान दिए।

२३६ रनको लक्ष्य पछ्याएको क्यानडा ४८.४ ओभरमा २११ रनमै समेटियो। क्यानडाका आरोन जोन्सनले ४४ रन बनाए भने समित गोहेलले ३५ रन जोडे। नेपालका करण केसी, ललित राजवंशी, नन्दन यादव र सन्दीप लामिछानेले समान दुई–दुई विकेट लिए।

यस जितसँगै नेपालले लिग–२ को अंकतालिकामा क्यानडालाई पछि पार्दै छैटौँ स्थानमा उक्लिएको छ। नेपालको अबको खेल मंगलबार आयोजक ओमानसँग हुनेछ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।