image
image
गोरखाको बूढीगण्डकीमा विनाशकारी बाढी, घर र पुल बगाउँदा पाँच जना बेपत्ता

गोरखाको बूढीगण्डकीमा विनाशकारी बाढी, घर र पुल बगाउँदा पाँच जना बेपत्ता

असोज २६। गोरखाको बूढीगण्डकी नदीमा आइतबार बिहान आएको विनाशकारी बाढीले विभिन्न बस्तीमा ठूलो क्षति पुर्‍याएको छ। बाढीले घर, झोलुङ्गे पुल, मोटरेबल पुल तथा जलविद्युत् आयोजनाको निर्माणस्थल बगाएको छ भने पाँच जना बेपत्ता भएका छन्।

प्रारम्भिक विवरणअनुसार चुमनुब्री गाउँपालिका–६ को लोक्पा र चुम्लिङबीच गएको पहिरोले नदीको बहाव थुनेपछि एक्कासि लेदोसहितको बाढी आएको हो। बाढीले चुमनुब्री र धार्चे गाउँपालिकाका विभिन्न बस्ती प्रभावित बनाएको छ। जगत बगर, सल्लेरी, पैयुँलगायतका क्षेत्रमा घरहरू बगेका छन् भने माछाखोलाबाट केरौँजा जोड्ने झोलुङ्गे पुल र आरुघाट क्षेत्रका पुलसमेत क्षतिग्रस्त भएका छन्। बाढीले निर्माणाधीन बूढीगण्डकी जलविद्युत् आयोजनाको क्याम्प तथा निर्माण उपकरणमा समेत क्षति पुर्‍याएको छ।

बाढीमा परी चुमनुब्री गाउँपालिका–६ चुम्चेतका पाँच जना बेपत्ता भएको प्रहरीले जनाएको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल उद्धार तथा खोजी कार्यमा परिचालित छन्। जोखिमयुक्त नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ। बाढीबाट भएको सम्पूर्ण भौतिक क्षतिको विवरण संकलन गर्ने कार्य जारी रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।