image
image
अमेरिकी सेना इराकबाट पूर्ण रूपमा फिर्ता

अमेरिकी सेना इराकबाट पूर्ण रूपमा फिर्ता

असोज १५।  अमेरिकी सेनाले इराकबाट आफ्ना बाँकी सैनिक तथा सैन्य उपकरण फिर्ता गरेको छ। अमेरिकी सेन्ट्रल कमान्डका अनुसार सेप्टेम्बर ३० मा इरबिल एयर बेसबाट अमेरिकी सेना र उपकरणको व्यवस्थित फिर्ती पूरा भएसँगै इराकमा ‘अपरेसन इनहेरेन्ट रिजल्भ’ अन्त्य भएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि अन्तिम अमेरिकी सेना इराकबाट बाहिरिएको घोषणा गर्दै यसलाई आईएसविरुद्धको सैन्य अभियानको अन्त्यका रूपमा प्रस्तुत गरेका छन्।

अमेरिकी सेना अब इराकमा स्थायी सैन्य उपस्थिति राख्नेभन्दा इराकसँग द्विपक्षीय सुरक्षा सम्बन्धमा केन्द्रित हुने बताइएको छ। आईएसविरुद्धको अमेरिकी नेतृत्वको संयुक्त अभियानको मुख्यालय भने जोर्डनमा सारिएको छ, जहाँबाट सिरियामा आईएसविरुद्धका गतिविधिमा सहयोग जारी रहने अमेरिकी सेनाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।