image
image
हिमलुङ हिमपहिरोमा थप ३ शव भेटिए, ७ जनाको मृत्यु, ९ नेपाली अझै बेपत्ता

हिमलुङ हिमपहिरोमा थप ३ शव भेटिए, ७ जनाको मृत्यु, ९ नेपाली अझै बेपत्ता

 

असोज १५ । मनाङस्थित हिमलुङ हिमालमा सेप्टेम्बर २७ मा गएको हिमपहिरोमा थप तीन जनाको शव फेला परेको छ। पछिल्लो खोजी तथा उद्धार अभियानका क्रममा तीन शव भेटिएसँगै हिमपहिरोमा मृत्यु हुने नेपालीको संख्या ७ पुगेको छ भने ९ जना अझै बेपत्ता रहेका छन्। यसअघि चार जनाको शव फेला परिसकेको थियो। बेपत्ता भएकाहरू हिमाल आरोहणका लागि आधार शिविर तयार गर्ने क्रममा खटिएका आरोहण सहयोगी तथा अन्य कर्मचारी रहेको जनाइएको छ।

नयाँ फेला परेका शवहरू गोरखाका आश गुरुङ, खोटाङका सुरज राई र रुकुमका कलाम बुढाका रहेको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ। शवहरू हिमलुङ आधार शिविरबाट सदरमुकाम चामे ल्याइसकिएको र थप आवश्यक प्रक्रियाका लागि काठमाडौं पठाउने तयारी गरिएको छ। बेपत्ता भएकामध्ये सात जना हिमालयन होलिडेजसँग र दुई जना इम्याजिन नेपालसँग सम्बन्धित रहेको बताइएको छ।

हिमपहिरोपछि नेपाल राष्ट्रिय पर्वतीय पथप्रदर्शक संघको नेतृत्वमा अनुभवी पर्वत गाइडहरूको टोलीले खोजी तथा उद्धार कार्य जारी राखेको छ। गहिरो हिउँमा पुरिएका व्यक्तिको खोजी चुनौतीपूर्ण भए पनि बाँकी बेपत्ताको अवस्था पत्ता लगाउन र शवहरू फेला पार्न सम्भव सबै प्रयास भइरहेको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।