image
image
शरद् ऋतुमा १८ हिमाल आरोहणका लागि ६३७ जनाले लिए अनुमति

शरद् ऋतुमा १८ हिमाल आरोहणका लागि ६३७ जनाले लिए अनुमति

असोज १३। सन् २०२६ को शरद् ऋतुमा नेपालका १८ वटा हिमाल आरोहणका लागि ६८ टोलीका ६३७ आरोहीले अनुमति लिएका छन्। अनुमति लिनेमा ४७४ पुरुष र १६३ महिला रहेका छन्।

आरोहण अनुमति शुल्कबापत पर्यटन विभागले १५ लाख ६८ हजार ७३४ अमेरिकी डलर अर्थात् रु २३ करोड ८५ लाख १७ हजार ७९७ रोयल्टी सङ्कलन गरेको जनाएको छ।

यस सिजनमा सबैभन्दा बढी आकर्षण ८,१६३ मिटर अग्लो मनास्लु हिमालमा देखिएको छ। मनास्लु आरोहणका लागि मात्रै ४३ टोलीका ५०० आरोहीले अनुमति लिएका छन्। मनास्लुबाट मात्र विभागले रु २२ करोड ५८ लाख ५७ हजार १८९ रोयल्टी प्राप्त गरेको छ।

त्यस्तै, धौलागिरि–१ का लागि ३४ जना, पुथा हिउँचुलीका लागि २० जना, डाङ्गा हिउँचुलीका लागि १६ जना र बरुणत्सेका लागि १० जनाले अनुमति लिएका छन्।

मकालु, गङ्गापूर्णा पश्चिम (लाङचेनेल), थोरोङ पिक, नोर्बु खाङ, अन्नपूर्ण–४, चाम्लाङ, लमजुङ हिमाल, पुमोरी, सारिबुङ, थापा पिक, पोखर खाङ, अर्दाङ र पेरीलगायत हिमालमा पनि आरोहण अनुमति जारी गरिएको विभागले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।