चोलेन्द्र शमशेर जबरा पक्राउ प्रकरणमा संसद्मा प्रश्न, रास्वपा सांसद मौन
असोज १२। पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई स्पष्ट कारण र आधार नखुलाई नियन्त्रणमा लिएर पछि छाडिएको विषय संसद्मा उठेको छ। विपक्षी दलका सांसदहरूले जबरालाई नियन्त्रणमा लिने प्रक्रियाको आधार, कानुनी औचित्य र घटनाको वास्तविकताबारे सरकारसँग प्रश्न गरेका छन्।
तर सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले भने यस विषयमा संसद्मा कुनै स्पष्ट धारणा राखेनन्। आकस्मिक समयमा रास्वपाका सांसदहरूले बाढी–पहिरोबाट भएको क्षति, जनजीवनमा परेको असर तथा सम्भावित विपद्बाट बच्न आवश्यक सतर्कताका विषय उठाए। यद्यपि पूर्वप्रधानन्यायाधीश जबरालाई नियन्त्रणमा लिएर छाडिएको घटनाबारे उनीहरू मौन रहे। घटनाले संसद्मा सरकारको कदममाथि प्रश्न उठिरहेका बेला सत्तारुढ दलका सांसदहरूको भूमिकाबारे पनि चासो बढाएको छ।









