कोसीमा खतरा बढ्यो, ३१ ढोका खुला
असोज ९। पूर्वी नेपालमा लगातार भइरहेको वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव बढेपछि कोसी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह बढ्दै गएपछि कोसी आसपासका तटीय तथा होचा क्षेत्रमा बाढी र डुबानको जोखिम बढेको छ।
पानीको बहाव उच्च रहेकाले कोसी नदी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। स्थानीय प्रशासन तथा सुरक्षा निकायले नदीको अवस्था निरन्तर निगरानी गरिरहेका छन् भने सम्भावित जोखिमलाई ध्यानमा राख्दै उद्धार तथा राहतका लागि तयारी अवस्थामा रहन सम्बन्धित निकायलाई भनिएको छ।
नदी किनार, तटीय क्षेत्र तथा जोखिमयुक्त स्थानमा रहेका नागरिकलाई अनावश्यक रूपमा बाहिर ननिस्कन र प्रशासनबाट जारी हुने सूचना तथा चेतावनी पालना गर्न आग्रह गरिएको छ।









