राष्ट्रसंघ महासभामा औपचारिक पहिरनमा देखिए प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन
असोज ९। चेक सर्ट र बाक्लो ज्याकेटमा देखिने प्रधानमन्त्री बालेन्द्र शाहका प्रमुख सल्लाहकार कुमार बेन संयुक्त राष्ट्रसंघ महासभामा भने फरक तथा औपचारिक पहिरनमा देखिएका छन्। शुक्रबार बिहान प्रधानमन्त्री बालेन्द्र शाहले महासभालाई सम्बोधन गरिरहँदा बेन सेतो सर्ट, टाइ र कोटमा उपस्थित थिए।
कोटमा सिलाम साक्मा लगाएका बेनले प्रधानमन्त्री शाहको सम्बोधनलाई ध्यानपूर्वक सुनिरहेका देखिन्थे। उनको औपचारिक पहिरन र त्यसमा प्रयोग गरिएको सिलाम साक्माले समेत सामाजिक सञ्जालमा चर्चा पाएको छ।
बेनले बालेन्द्र शाह काठमाडौं महानगरपालिकाका मेयर हुँदादेखि नै सल्लाहकारका रूपमा साथ दिँदै आएका छन्। मेयरदेखि प्रधानमन्त्रीसम्मको राजनीतिक यात्रामा शाहको टिममा रहेर काम गर्दै आएका बेन राष्ट्रसंघ महासभामा पनि प्रधानमन्त्रीको सम्बोधनका क्रममा उपस्थित थिए।









