१३ प्रस्तावित राजदूतको संसदीय सुनुवाइ प्रक्रिया सुरु
असोज ८। सरकारले विभिन्न १३ देशका लागि प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया सुरु गर्ने निर्णय गरेको छ। संसदीय सुनुवाइ समितिले प्रस्तावित नाममाथि सार्वजनिक उजुरी तथा सुझाव आह्वान गर्नेछ र त्यसपछि सुनुवाइ प्रक्रिया अघि बढाउनेछ। भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा, अमेरिकाका लागि चिरञ्जीव थापा तथा बेलायतका लागि पूर्वप्रधानसेनापति गौरवशमशेर जबरा राणासहित १३ जनाको नाम सरकारले सिफारिस गरेको हो। सुनुवाइ समितिबाट अनुमोदन भएपछि सम्बन्धित मुलुकबाट एग्रिमो लिएर राष्ट्रपतिबाट औपचारिक नियुक्ति हुने प्रक्रिया छ।









