बीपी राजमार्गको काभ्रे खण्डमा रात्रिकालीन यातायात सेवा बन्द
असोज ८। बीपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोक खण्डमा लगातारको वर्षाका कारण हुन सक्ने बाढी र पहिरोको उच्च जोखिमलाई मध्यनजर गर्दै रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। यस निर्णयअनुसार बेलुकी ५:०० बजेदेखि बिहान ५:०० बजेसम्म उक्त राजमार्गमा रात्रिकालीन यातायात सेवा पूर्ण रूपमा बन्द रहनेछ भने यात्रु तथा सवारीसाधनको सुरक्षालाई ध्यानमा राख्दै प्रशासनले अत्यावश्यक बाहेकका समयमा दिनको उज्यालोमा मात्रै यात्रा गर्न र हिँड्नुअघि मौसम तथा सडकको ताजा अवस्था बुझ्न अनुरोध गरेको छ।









