image
image
जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

असोज ७। जापानमा आएको शक्तिशाली टाइफुन डुजुआनका कारण भारी वर्षा, बाढी र पहिरोमा परी कम्तीमा ९ जनाको मृत्यु भएको छ भने ४ जना अझै बेपत्ता छन्। स्थानीय अधिकारीका अनुसार चिबा प्रिफेक्चरमा ६ जना र कानागावामा ३ जनाको मृत्यु भएको हो।

टाइफुनका कारण पूर्वी जापानका विभिन्न क्षेत्रमा ठूलो वर्षा हुँदा सडक तथा बस्तीहरू जलमग्न भएका छन् र करिब ५०० घर प्रभावित वा क्षतिग्रस्त भएका छन्। उद्धार टोलीले बेपत्ता व्यक्तिहरूको खोजी तथा प्रभावित क्षेत्रमा उद्धार कार्य जारी राखेको छ।

इजु द्वीपसमूहको ओशिमामा ४८ घण्टामा ८३२ मिलिमिटर वर्षा रेकर्ड भएको थियो। जापानको मौसम विज्ञान निकायका अनुसार डुजुआन जापानको यस वर्षको २५औँ टाइफुन हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।