परराष्ट्रमन्त्री खनालद्वारा नेपाली महावाणिज्य दूतावासको अवलोकन
असोज ७। परराष्ट्रमन्त्री शिशिर खनालले न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासको अवलोकन गरेका छन्। संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने क्रममा मन्त्री खनालले दूतावासको निरीक्षण गरेका हुन्। सो क्रममा उनले दूतावासबाट नेपाली नागरिकलाई प्रदान हुँदै आएका सेवाबारे जानकारी लिएका छन्। दूतावासका अधिकारीहरूले सेवा प्रवाह तथा विभिन्न गतिविधिबारे मन्त्रीलाई जानकारी गराएका थिए। विदेशमा रहेका नेपालीलाई प्रभावकारी सेवा उपलब्ध गराउने विषयमा पनि छलफल भएको जनाइएको छ।









