आजदेखि नेप्सेको नियमित कारोबार पुनः सुरु
असोज ६ । प्राविधिक समस्या समाधान भएपछि **नेपाल स्टक एक्सचेन्ज (नेप्से) ** मा आजदेखि नियमित शेयर कारोबार पुनः सुरु भएको छ । नेप्सेका ७२ कारोबार सदस्यको डेटा सेन्टरमा देखिएको प्राविधिक समस्या समाधान भएपछि कारोबार सञ्चालनमा आएको नेपाल न्यूजले जनाएको छ।









