इन्धनको खरिद मूल्य बढ्यो, बिक्री मूल्य यथावत्
भदौ ३१ ।भारतीय आयल कर्पोरेसन (IOC) बाट नेपालमा आउने पेट्रोलको खरिद मूल्य प्रतिलिटर रु. १२.४० र डिजेलको रु. ४.६८ ले बढेर आएको भए पनि नेपाल आयल निगमले उपभोक्ताका लागि खुद्रा बिक्री मूल्य तत्काल नबढाउने निर्णय गरेको छ। भोटेकोशी क्षेत्रमा आएको बाढीबाट सिर्जित कठिन परिस्थितिलाई ध्यानमा राख्दै साविककै मूल्य कायम गरिएको निगमले जनाएको छ। काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा पेट्रोल तथा डिजेल रु. २०० प्रतिलिटर र एलपी ग्यास रु. २,०६० प्रतिसिलिन्डर कायम छ।









