सुत्केरी बिदा ६ महिना पुर्याउने सरकारको तयारी
भदौ ३१। सरकारले हाल कायम ९८ दिनको सुत्केरी बिदालाई बढाएर ६ महिना पुर्याउने तयारी गरेको छ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमका अनुसार सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ संशोधनका लागि मस्यौदा तयार भइरहेको छ। प्रस्तावित व्यवस्थामा बाबुको हेरचाह बिदा १५ दिनबाट ४२ दिन पुर्याउने विषय पनि समेटिएको छ। संशोधन विधेयक मन्त्रिपरिषद्मा लैजाने र त्यसपछि संसद्मा पेश गर्ने प्रक्रिया अघि बढ्ने बताइएको छ।









