इन्द्रजात्राका लागि काभ्रेको नालाबाट काठमाडौं ल्याइँदै लिङ्गो
भाद्र ३०। काभ्रेको नाला वनबाट इन्द्रजात्राका लागि छनोट गरिएको लिङ्गो मंगलबार परम्परागत विधिअनुसार पूजा गरी काठमाडौं ल्याइएको छ।तान्त्रिक तथा परम्परागत विधिअनुसार पूजा गरी छनोट गरिएको रूख काटेर तयार पारिएको लिङ्गोलाई सडकमा तान्दै काठमाडौं ल्याइएको हो। यही लिङ्गोलाई विधिपूर्वक तयार पारेर हनुमानढोका दरबार क्षेत्रमा रहेको कालभैरवको मूर्तिअगाडि ठड्याउने परम्परा छ।









