कृष्णभीरमा नयाँ ट्र्याकबाट आवतजावत
भाद्र ३०। पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्ण रूपमा अवरुद्ध भएपछि निर्माण गरिएको नयाँ ट्र्याकबाट सर्वसाधारण आवतजावत गर्न थालेका छन्। पहिरोका कारण पैदल यात्रासमेत गर्न नमिल्ने अवस्था भएपछि तत्काल वैकल्पिक ट्र्याक निर्माण गरिएको हो। नयाँ ट्र्याकलाई असोज १ गतेदेखि पूर्ण रूपमा यातायात सञ्चालन गर्ने गरी निर्माण तथा स्तरोन्नतिको काम भइरहेको छ।









