ऋषिपञ्चमीमा ऋषेश्वर महादेव मन्दिरमा श्रद्धालुको भीड
भाद्र ३०। ऋषिपञ्चमीका अवसरमा आज काठमाडौंस्थित ऋषेश्वर महादेव मन्दिरमा व्रतालु तथा श्रद्धालुहरूको उल्लेख्य भीड लागेको छ। बिहानैदेखि भक्तजनहरू स्नान गरी शुद्ध भएर भगवान् शिवको पूजा–आराधना तथा दर्शनका लागि मन्दिर पुगेका छन्। ऋषिपञ्चमीका दिन विशेष धार्मिक विधिअनुसार सप्तऋषिको पूजा गर्ने तथा महादेवको दर्शन गर्ने परम्परा रहेकाले मन्दिर परिसरमा भक्तजनहरूको चहलपहल बढेको हो। व्रतालु महिलाहरूले धार्मिक विधिपूर्वक पूजा, दीप प्रज्वलन तथा प्रार्थना गर्दै आफ्नो मनोकामना पूरा हुने विश्वासका साथ महादेवको आराधना गरेका छन्।









